८ भाद्र २०८२, आईतवार
Follow Us

आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नु पर्नेमा उपप्रधानमन्त्री सिंहको जोड

नेपालब्रिटेन संवाददाता
९ माघ २०८१, बुधबार ०५:२५

बागलुङ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रेस युनियनले आज (बुधबार) यहाँ आयोजना गरेको पत्रकार भेटमा समृद्ध राष्ट्र निर्माणको राट्रिय आकाङ्क्षा पूरा गर्न कृषि, ऊर्जा उत्पादन तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गर्नुपर्ने उनले बताए ।

सरकार गठन गर्दा भएको सात बुँदे सम्झौता पालना भएको बताउँदै मन्त्री सिंहले अधिकार सम्पन्न बनाउन संविधान संशोधन गरिने उल्लेख गरे। उनले भने, “सरकारले नयाँ सहरी नीति २०८१ पास गरेर अघि बढेका छौँ, नयाँ सहरी आयोजनालाई व्यवस्थित गर्नेछौँ, हामी जनचाहना अनुसार काम गरिरहेका छौँ ।”

धेरै पढिएको