२७ असार २०८२, शुक्रबार
Follow Us

सुन तोलाको ६ सय रूपैयाँ बढयो

नेपालब्रिटेन संवाददाता
२९ माघ २०८१, मंगलवार ०५:११

काठमाडौं । सुनको मुल्यमा बृद्दी भएको छ । आज नेपाली बजारमा सुनको मुल्य ६ सय रूपैयाँले बृद्दी भएको हो । जसअनुसार मंगलबार सुन तोलामा एक लाख ७० हजार २०० पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। उता, चाँदीको मुल्य भने केही घटेको छ । जसअनुसार आज १ हजार ९४५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

सोमबार चाँदी एक हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।

धेरै पढिएको