लण्डन। परराष्ट्रमन्त्री आरजु देउवा राणा स्वीट्जरल्याण्ड आउन लागेको जानकारी प्राप्त भएको छ। उनले संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको ५८ औं नियमित सत्रअन्तर्गत फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने सम्मेलनमा भाग लिन जेनेभा जान लागेकी हुन्।
देउवाको स्वीट्जरल्याण्ड भ्रमण मन्त्रीपरिषदको बैठकले स्वीकृत गरेको छ।