१३ चैत्र २०८१, बिहीबार
Follow Us

चार देशीय सिरिजमा आज नेपालले युगाण्डाविरुद्ध खेल्दै

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०८१, बिहीबार ०४:५९

काठमाडौँ । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत आयोजक युगाण्डाको सामना गर्दै छ ।

नेपाली समय अनुसार यो खेल अपराहन्न ४: ४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका ४ खेलमा एक जित र ३ हार बेहोरेको छ । नेपालले यस अघि नामिबियासँग दुवै पटक र हङकङसँग एक पटक हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो ।

यो खेलपछि अब नेपालले मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।