२४ असार २०८२, मंगलवार
Follow Us

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
५ चैत्र २०८१, मंगलवार १३:३२

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट गरेकी छन् ।

राइसिना डायलगको लागि भारतको दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा. राणाले भारतीय समकक्षी जयशंकरसँग भेट गरेकी हुन् । भेटमा नेपाल र भारतको दुई पक्षिय सम्बन्धका बारेमा चर्चा भएको थियो ।

दुई देशका विदेशमन्त्रीको भेटलाई महत्वका साथ हेरिएको छ । पछिल्लो समय नेपालमा भइरहेका राजनीतिक गतिविधिहरुका बारेमा पनि भेटमा छलफल भएको बताइएको छ ।

धेरै पढिएको