२८ असार २०८२, शनिबार
Follow Us

किरण मल्ल आर्मेनियाका लागि वाणिज्य दूतमा नियुक्त

नेपालब्रिटेन संवाददाता
१० चैत्र २०८१, आईतवार १४:००

काठमाडौं । आर्मेनियाले नेपालको तर्फबाट वाणिज्य दूतमा किरण मल्ललाई नियुक्त गरेको छ। भारतको नयाँ दिल्लीमा भएको राइसिना डायलग सम्मेलनमा मल्ललाई नियुक्त गरेको हो ।

मल्ललाई आर्मेनियाको विदेश मन्त्रालयका महासचिव डेविट कारापेत्यानले नियुक्तिको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । नवनियुक्त दूत मल्लले नेपाल र आर्मेनियाबीच सहकार्य प्रवर्द्धन तथा व्यावसायिक सम्बन्ध विस्तार र अन्य विविध क्षेत्रमा काम गर्न सकिने बताउनुभयो ।

नर्वेबाट जलविद्युत विषयमा पोस्ट ग्र्याजुएसन गर्नुभएका मल्ल बुटवल पावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रहिसक्नु भएको छ।

धेरै पढिएको