१२ भाद्र २०८२, बिहीबार
Follow Us

बक्यौता उठाएकैले मलाई पदबाट हटाइयोः कुलमान

नेपालब्रिटेन संवाददाता
२२ चैत्र २०८१, शुक्रबार १३:३९

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् महसुल बक्यौता उठाएकै कारण आफूलाई सरकारले पदबाट हटाएको दाबी गरेका छन ।

आफुलाई सरकारले पदबाट हटाएपछि आज (शुक्रबार) पहिलो पटक पत्रकार सम्मेलन गर्दै घिसिङले यस्तो बताएका हुन । उनले आफूले विद्युत् महसुल बक्यौता अदालतको आदेशअनुसार उठाएको तर सरकारले बक्यौता उठाएकै कारण आफूलाई हटाएको बताएका हुन् ।

उनले आफूले बक्यौता नउठाउन आएका दबाब र प्रभावलाई आफूले अस्वीकार गरेको पनि बताए । घिसिङले पत्रकार सम्मेलनमा भने, ‘बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ, ‘सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो ?

यसको जवाफ इतिहास र नेपाली जनताले अवश्य माग्नेछ ।’ उनले संस्था र राष्ट्रप्रति घात गर्न आफूले नसकेको भन्दै कानुनअनुसार नै आफूले काम गर्दा समेत दबाब र प्रभाव थेग्नुपरेको बताएका छन ।

धेरै पढिएको