३० असार २०८२, सोमबार
Follow Us

काठमाडौंमा बिहानैदेखि वर्षा

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०८१, बिहीबार ००:२२

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि मेघगर्जनसहित पानी परिरहेको छ । पानी पर्ने क्रम आज र भोलि पनि जारी रहने आकलन छ ।

मौसमविद ग‍ोविन्द झाले लगातार भने पानी नपर्ने बताए । ‘केहीबेर रोकिने अनि फेरि पर्ने हुन्छ,’ उनले भने । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा न्यूनचापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव छ । त्यसैले पूर्वदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको छ ।

अधिकांश ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । तर मोरङको केराबारीमा गत २४ घण्टामा २५७ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागको रेकर्डमा देखिन्छ ।

धेरै पढिएको