काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइएको छ ।राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा भोटो देखाइएको थियो ।पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । राजतन्त्रको समयमा राजा यो जात्रा हेर्न जाने गर्दथे भने गणतन्त्र आएपछि राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ ।यस अवसरमा सरकारले आज उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको थियो ।