लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी शनिबार (जुलाई २७) हुने निर्वाचनमा दुई सचिव पदका लागि तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
सचिव पदमा धातानन्द (डीएन) खराल, कृष्ण देवकोटा र भूपाल कार्की उम्मेदवार छन्।
गुल्मी निवासी खराल सन् २००७ मा बेलायत आएका हुन्। उनी झन्डै १४ वर्ष स्कटल्याण्डमा सामाजिक सेवामा सक्रिय रहेर कार्यरत थिए। हाल उनी बेलायतमा ड्राइभिङ्ग स्कुल सञ्चालन गर्दै आएका छन्।
त्यस्तै, उम्मेदवार कृष्ण देवकोटा र भूपाल कार्की पनि बेलायतमा आ–आफ्नो व्यवसायमार्फत सक्रिय छन्।
निर्वाचन समितिका अनुसार मतदान अनलाइन प्रणालीमार्फत हुनेछ र मतदान सम्पन्न भएलगत्तै शनिबार राति नै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।