काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ६ सय रुपैयाँले घटेर १ लाख ९३ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने आज बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला २३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल महासंघले जनाएको छ।