२१ श्रावण २०८२, बुधबार
Follow Us

संसदको निर्णयमाथि कर्मचारीको धावा

नेपालब्रिटेन संवाददाता
२० श्रावण २०८२, मंगलवार १२:२०

काठमाडौं । संसदको निर्णयमा कर्मचारीले धावा बोलिरहँदा राज्य निरीह बनेको छ । राज्य व्यवस्था तथा सुशासन समितिले निजामति कर्मचारी विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियडका विरुद्ध मुख्यसचिव एकनारायण अर्यालले धावा बोलिरहेका छन् ।

मुख्यसचिव अर्यालले ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ऐन बनेर कर्मचारीको हात–हातमा नआउँदासम्म ‘कुलिङ अफ पिरियड’ राख्न हुँदैन भनेर लागिरहने बताएका छन् । सङ्घीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिलाई दिएको बयानमा मुख्यसचिव अर्यालले यस्तो बताएका हुन ।

मुख्यसचिवव अर्यालले ऐन नबन्दासम्म आफू कुलिङ अफ पिरियड राख्न हुँदैन भनेर लागिरहने बताएका हुन । उनले विधेयकमा यो प्रावधान नराख्न विभिन्न व्यक्तिहरूलाई भेटेको पनि बयानका क्रममा स्वीकारेका छन् । प्रतिनिधिसभामा आज प्रस्तुत समितिको प्रतिवेदनमा राखिएको उनको बयानमा लेखिएको छ, ‘यो विधेयक ऐन नबनेसम्म राज्य हुँदैन भनेर लागिरहन्छु ।

धेरै पढिएको