२३ श्रावण २०८२, शुक्रबार
Follow Us

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

नेपालब्रिटेन संवाददाता
२३ श्रावण २०८२, शुक्रबार ०५:५६

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

बिहीबार प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोकार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला २३ सय २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

धेरै पढिएको