काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले देशकै जिम्मा माओवादीको काँधमा आउँदै गरेको बताएकी छन । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै माओवादी उपाध्यक्ष भुसालले यस्तो बताएकी हुन । उनले मुलुकको नेतृत्व लिँदै गर्दा पार्टीभित्र प्रष्ट र बलियो बैचारिक धार हुनुपर्ने पनि बताएकी छन ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भूमिकाले मुलुकमा ठूलो क्रान्ती र परिवर्तन भएको उल्लेख गर्दै उनले प्रचण्डकै भूमिका कारण संविधानसभाबाट संविधान जारी हुन सकेको समेत बताइन । पार्टीले उठाउँदै आएका एजेण्डा जेनजी आन्दोलनपछि फेरि अगाडि आएकाले त्यसलाई आडि बढाउन पार्टीले भूमिका खेल्ने उनको दृढता छ । उनले भनेकी छन्, ‘देशकै जिम्मा अब हामीमा आउँदै छ ।’
उपाध्यक्ष भुसालले अध्यक्ष प्रचण्डको प्रस्तावमा समर्थन जनाइन् । भुसालसँगै नेताहरू वर्षमन पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा, मातृका यादव, राम कार्की लगायतले बोलेका छन् ।