१४ आश्विन २०८२, मंगलवार
Follow Us

दशैंमा घर जाने हतारो

नेपालब्रिटेन संवाददाता
११ आश्विन २०८२, शनिबार ०७:३९

काठमाडौं । नेपालीहरुको महान पर्व दशैं सुरु भएसँगै काठमाण्डू उपत्यकाबाट बाहिरिनेको सङ्ख्या बढेको छ । यतिबेला नवदुर्गा चलिरहेको छ ।

१० दिनसम्म धुमधामका साथ मनाइने यो पर्वमा घर बाहिर भएका आफन्तहरु घर फर्किन्छन् । परिवार–आफन्त जम्मा भएर दशमीको दिन टीका जमरा लगाएर आशीर्वाद लिने र दिने गर्छन् ।

विजया दशमीको दिन नजिकिएकोले घर फर्केनेहरूको भिडभाड देखिन थालेको छ । यो वर्ष बसको टिकट बुकिङ खुला भएन । तर, रुटपरमिट देशैभर खुला छ । घर फर्किनेहरु जुनसुकै टिकट काउन्टरमा भरिभराउ देखिन्छन् ।

सडकमा घरको यात्राका लागि हिँडेकाहरू भेटिन्छन् । उनीहरु सबैलाई घर जाने हतारो छ । लगातारको वर्षाका कारणले सडक प्रभावित भइरहेकोले यात्रुहरूमा केही चिन्ता पनि देखिन्छ ।

तर, पनि उनीहरु घर जाने बाटो लागेका छन् । यो वर्ष दशैंको टीका असोज १६ गते परेको छ । टीकाको उत्तम साइत बिहान ११ः ५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

धेरै पढिएको