१५ चैत्र २०८०, बिहीबार
Follow Us

वर्ल्ड तेक्वान्दो च्याम्पियनसीपमा नेपाललाई अर्को रजत

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७३, आईतवार ०७:११

लण्डन । बेलायतको ब्राइटनमा जारी १८औं एडल्ट तथा सिनियर र १३औं जुनियर आइटीएफ वर्ल्ड तेक्वान्दो च्याम्पियनसीप अन्तर्गत पाचौ दिन सनिबार ४ देखि १५ बर्ष उमेर समूहमा ६४ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेका सस्मन बस्नेतले आएरल्याण्ड र फाइनलमा वेल्सका खेलाडीसँग भिडेर नेपाललाइ रजत पदक दिलाए । कक्षा १० मा अध्ययनरत सस्मन बस्नेतले नेपालमा भएको दोस्रो सगरमाथा खुल्ला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका थिए
यसअगी नै दोश्रो दिन लक्ष्मण बस्नेतले आएरल्याण्डका खेलाडीसंग ५-२ ले सेमिफाइनलमा पोल्याण्डसंग २ बाउट खेलेर ४-२ ले खेलेर कास्य पदक दिलाएका थिए ।
आइटीएफ वर्ल्ड तेक्वान्दो च्याम्पियनसीप प्रतियोगितामा ४५ राष्टका करिब ११०० खेलाडीहरु सहभागिता रहेको छ भने नेपालबाट ४ खेलाडीको प्रतिनिधित्व थियो यसअघि सन् २०१० मा युकेमा भएको विश्व तेक्वान्दो च्याम्पियनसीपमा सहभागी भइसकेका घनश्याम आचार्य खत्रीले सिनियरतर्फ ५४ केजि मुनी तौलसमूहमा प्रतिस्पर्धा गरिसकेका घनश्याम आचार्य खत्री र रघुनाथ बस्नेत क्वाटर फाइनलबाटै बाहिरिएका थिए । आइतबार सांझ प्रतियोगिताको समापन हुदैछ ।

– रजेन्द्र केसी