३ मंसिर २०८२, बुधबार
Follow Us

नेपालिज लायन्स क्लब, कोभेन्ट्री” द्वारा ३ दिने योग-प्रज्ञा साधना शिविर आयोजना

नेपालब्रिटेन संवाददाता
२ कार्तिक २०८२, आईतवार २१:३३

कोभेन्ट्री – बेलायतमा पहिलोपटक नेपालिज लायन्स क्लब, कोभेन्ट्री को आयोजनामा नेपालकै प्रख्यात गुरु गुरुदेव ओशो अखण्डको प्रत्यक्ष उपस्थितिमा तीन दिने “योग-प्रज्ञा साधना” (Yog-Pragya Meditation Camp) शिविर आयोजना हुँदैछ।

सामाजिक सेवी गोविन्द सापकोटाका अनुसार, यो शिविर आगामी नोभेम्बर १ (शनिबार), २ (आइतबार) र ३ (सोमबार) का दिन बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म चल्नेछ। कार्यक्रम Charterhouse, 48 David Rd, Coventry CV1 2BW मा आयोजना हुने उनले जानकारी दिए।

सापकोटा भन्छन्, कार्यक्रममा सहभागीहरूले आध्यात्मिक शान्ति, आत्म-जागरण, ध्यानको गहिरो अनुभव र ३ प्रकारको दिक्षा प्राप्त गर्ने अवसर पाउनेछन्।

सिट संख्या सीमित भएकोले इच्छुक सहभागीहरूले आफ्नो सिट अग्रिम सुरक्षित गर्न आग्रह गरिएको छ।

धेरै पढिएको