३ मंसिर २०८२, बुधबार
Follow Us

विपिन जोशीको भावपूर्ण बिदाइ

नेपालब्रिटेन संवाददाता
३ कार्तिक २०८२, सोमबार ११:०८

हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीसहित उच्च पदस्थहरूले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको शव आइपुगेपछि आयोजित श्रद्धाञ्जली सभामा शोकाकुल वातावरणबीच उनीप्रति सम्मान व्यक्त गरिएको हो।

अध्ययनका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका कञ्चनपुरका जोशीलाई गत वर्ष अक्टोबर ७ मा हमासले बन्धक बनाएको थियो।

लामो समयको अनिश्चिततापछि इजरायली सरकारले उनको मृत्यु भएको पुष्टि गरेको थियो। डीएनए परीक्षणबाट शव पहिचान भएपछि उनको पार्थिव शरीर नेपाल ल्याइएको हो।

विपिनको दुःखद निधनले उनको परिवार, आफन्त र सिङ्गो राष्ट्रलाई नै स्तब्ध बनाएको छ।

धेरै पढिएको