२३ कार्तिक २०८२, आईतवार
Follow Us

कस्तो छ फिल्म ‘जारी २’

नेपालब्रिटेन संवाददाता
२३ कार्तिक २०८२, आईतवार ०५:४१

काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्र उद्योगमा संस्कृतिमा आधारित थुप्रै फिल्महरू बन्ने गरेका छन् । ती मध्य एक लोकप्रिय नाम हो ‘जारी’ । वि.सं २०८० वैशाखमा रिलिज भएको यस फिल्मले नेपालमा १७ करोडमाथिको व्यापार गर्दै १०१ दिन मनाएको थियो ।

लिम्बू समुदायको कथामा आधारित यस फिल्मलाई कवि, कथाकार तथा लेखक उपेन्द्र सुब्बाले निर्देशन गरेका थिए । जुन उनको पहिलो निर्देशित फिल्म थियो । जसबाट उनले अपार सफलता पनि हात पारे । त्यसैगरी शुक्रवार हिजोदेखि उनी निर्देशित फिल्म जारीको दोस्रो शृंखला ‘जारी २ : सङ अफ च्याब्रुङ’ को प्रदर्शन सुरु भएको छ ।

यस फिल्ममा अभिनेता दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा र पुष्कर गुरुङ लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । त्यत्ति मात्र होइन फिल्ममा मानवीकृत पात्र ‘च्याब्रुङ’ लाई अझ विशेष पात्रको रूपमा उभ्याइएको छ । वास्तवमा यस फिल्मको मुख्य पात्र नै ‘च्याब्रुङ’ हो ।

फिल्मले पार्ट वानलाई नै निरन्तरता दिएको छ । पालुङमा जितेर हाङ्मा पाएका नामसाङेको अहिले एउटा छोरी पनि छ । हाङ्मालाई पालुङमा जिते पछि नामसाङेलाई लिम्बु संस्कृति प्रति अलि बढी रुचि बढेको छ । उनी बेलाबेला हाङ्मालाई पालुङ कसरी गाउँने भनेर सोधिरहन्छन् ।

फिल्मको सुरुमा हाङ्माको माइतिले नामसाङेलाई एउटा ‘च्याब्रुङ’ उपहार दिन्छन् । नामसाङे दिनरातै काम नगरी गाउँघरका विवाहहरूमा ‘च्याब्रुङ’ बजाउन हिँड्छन् । त्यसपछि बिस्तारै उनीहरूको वैवाहिक सम्बन्धमा खटपट आउँछ । यसरी नै फिल्म मनोरञ्जनात्मक ढङ्गमा अघि बढ्छ ।

धेरै पढिएको