लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष खगेन्द्र न्यौपानेले संघको विगत पाँच वर्षमा देखिएका विवादप्रति दुःख व्यक्त गरेका छन्।
न्यौपानेले मलेसियामा आइतवार एनआरएनए उपाध्यक्ष डा. हेम राज शर्माको सम्मान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अब सबै सदस्यहरूले एकजुट भएर अघि बढ्नु पर्ने बताए। उनले आगामी आइसीसी महाधिवेशनअघि मलेसियामा एउटै अध्यक्ष चयन गर्न सबैलाई आग्रह गरे।
उनले भने, “सबैलाई अध्यक्ष बनाउने स्थिति छैन। अब श्रमिक नेतृत्व विकासका लागि नीति बनाउनु जरूरी छ। हामीले आइएलओ लगायतको सहयोगमा श्रमिकहरूको उद्धार गर्यौं। विदेशमा रहेका नेपाली संघसंस्थाले नेपालीहरूको उद्धारमा महत्वपूर्ण योगदान दिइरहेका छन्।”
उनी विगत पाँच वर्षमा भएको विवादप्रति दुख व्यक्त गर्दै, पदको लागि कहिल्यै लड्ने योजना नरहेको स्पष्ट गरे।
अन्तरक्रिया कार्यक्रममा नेपाली जनसम्पर्क समितिका सभापति चोलाकान्त पङ्गेनी, प्रवासी नेपाली एकता समाज (राप्रपा) का पूर्व अध्यक्ष योगेन्द्र कुवँर, एनआरएनए मलेसियाका पूर्व अध्यक्ष विनोद थापा, जनजाति महासंघका अध्यक्ष पदम लिम्बू, पीएनसीसी मलेसियाका प्रमुख पूर्ण लिम्बू, र पत्रकार रामजी बगाले लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम एनआरएनए मलेसियाका अध्यक्षद्वय राकेशप्रसाद महतो र इन्द्रनारायण लिम्बुले सम्बोधन गरेका थिए भने संघका प्रवक्ता हेमराज सापकोटाले सञ्चालन गरेका थिए।