२ माघ २०८२, शुक्रबार
Follow Us

शेखरको दाबी-‘गगनहरू चोइटिएर गए’

नेपालब्रिटेन संवाददाता
२ माघ २०८२, शुक्रबार १२:३८

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक काँग्रेस भएको दाबी गरेका छन् ।

निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पुगेका नेता कोइरालाले विशेष महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिले नै बनाउनुपर्ने बताए ।

उनले भने, ‘सिंगो केन्द्रीय समिति यहीँ छ, केही चोइटिएर जानुभएको होला । विधानमा कुनै पदाधिकारीलाई विशेष अधिवेशन बोलाउन अधिकार नै छैन ।’

उनले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता भएको निस्सा आफूहरूले प्रमाणको लागि लिएर आएको समेत दाबी गरेका छन् ।

धेरै पढिएको