काठमाडौँ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का महासचिव एवम् पूर्वमन्त्री मोहम्मद इश्तियाक राई नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गएराति पार्टीमा स्वागत गरेका थिए ।
सोही कार्यक्रममा जसपाबाट जसपा नेपालमा प्रवेश गरेका अर्का पूर्वमन्त्री प्रदीप यादव पनि एमालेमा प्रवेश गरेका थिए । प्रदीप र इश्तियाक दुवै केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का सदस्य हुन् ।
यादवलाई एमालेले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनाउने तयारी गरेको छ । राईलाई एमालेले बाँके–२ बाट उम्मेदवार बनाउन लागेको पार्टी कार्यालयले जनाएको छ ।