काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने भएका छन् । पूर्व राजा शाह पत्नी कोमल शाहसहित जनकपुर जान लागेको संवाद सचिव फणि पाठकले जानकारी दिएका छन । जनकपुरमा उनले जानकारी मन्दिरको दर्शन गर्नेसहित राजावादीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।