काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी प्रतिनिधि सभा निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ उल्लेख्य सिट जित्ने र समानुपातिकतर्फ ठुलो मत प्राप्त गर्ने अपेक्षा रहेको बताएका छन्।
विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले काँग्रेसले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत करिब सय सिट हासिल गर्ने लक्ष्य लिएको र समानुपातिकतर्फ कम्तीमा ३५ लाख मत कटाउने अनुमान प्रस्तुत गरेका छन्। पार्टीभित्र हाल एकता सुदृढ भएको भन्दै उनले संगठन चुनावी प्रतिस्पर्धाका लागि तयार अवस्थामा पुगेको दाबी गरेका छन्।
महामन्त्री घिमिरेले निर्वाचनपछिको संसदीय दलको नेतृत्वबारे पनि धारणा राख्दै पार्टी सभापति गगन थापा सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन हुने सम्भावना रहेको उल्लेख गरेका छन्।
यसैक्रममा उनले पार्टीको १५ औँ महाधिवेशन तोकिएको समय वैशाखमै आयोजना गर्नु व्यवहारिक नदेखिएको भन्दै समय व्यवस्थापनका चुनौती औँल्याएका छन्।