११ माघ २०८२, आईतवार
Follow Us

एमाले र जनार्दन शर्मा नेतृत्वको प्रलोपाबीच चुनावी तालमेल

नेपालब्रिटेन संवाददाता
११ माघ २०८२, आईतवार १३:०५

काठमाडौँ । एमाले र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल भएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेले रुकुमपूर्व र पश्चिममा प्रलोपाका उम्मेदवारलाई समर्थन गर्ने भएको हो ।

त्यससम्बन्धी सम्झौतामा आइतबार औपचारिक हस्ताक्षर भएको छ । सम्झौतामा एमालेबाट उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपाकी कार्यकारी अध्यक्ष परिषदकी सदस्य दुर्गा सोबले हस्ताक्षर गरेका छन् ।

प्रलोपाका तर्फबाट रुकुमपश्चिममा जनार्दन शर्मा र पूर्वमा सन्दीप पुन उम्मेदवार छन् ।

रुकुमपूर्वमा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन् । एमालेबाट रुकुमपश्चिममा नन्दराम देवकोटा र पूर्वमा लीलामणि गौतमले उम्मेदवारी दर्ता गराएका छन् ।

पहिला खेममान खड्कालाई उम्मेदवार बनाउने निर्णय भए पनि पछि गौतमलाई अघि सारिएको थियो ।

धेरै पढिएको