काठमाडौं – व्यवसायी तथा एनआरएनए अभियान्ता विनय अधिकारीको सातौं गीति एल्वम ‘माटो’ सोमबार रिलिज हुन् भएको छ । राष्ट्रियताको विषयलाई समेटेर तयार पारिएको गीत सोमबार अधिकारीको आफ्नै युट्युव च्यानलमार्फत रिलिज हुने भएको हो ।
विनय अधिकारीको शब्द र कृष्ण लामिछानेको संगित रहेको ‘प्यारो देशकै माटो’ बोलको गीतमा चर्चित लोक तथा दोहारी गायक कुलेन्द्र विश्वकर्मा र गायिक समिक्षा अधिकारीको आवाज रहेको छ । विदेश जानभन्दा नेपालकै माटोमा रमाउन युवालाई प्रेरित गरिएको गीतमा विनय अधिकारी र गीता ढुंगानाको अभिनय रहेको छ । गीतको निर्देशन विक्रम चौहानले गरेका छन् ।
जेनजी आन्दोलनपछि देशमा झनै निराशा बढेको, विदेश जाने युवाको ताँती लागेको देखेर आफूलाई माटोको माया लागेपछि यस्तो गीत बनाएको अधिकारीले बताएका छन् । एनआरएनए अभियन्ता, शैक्षिक परामर्श व्यवसायीका रुपमा परिचित अधिकारी केही बर्षअघि गीत संगितमा जोडिएका थिए । अधिकारी मातृभूमिका लागि केही गर्छु भनेर दुई वर्षअघि लन्डनबाट नेपाल फर्किएर गीत संगितसँगै व्यवसायलाई निरन्तरता दिइरहेका छन् ।
अधिकारीका युके बस्ने माया, लुकी लुकी, आमा जेलैमा, दुनियाँ नै लठ्ठ छ, इन्द्र महाराज, तिम्लाई पीआर, मलाई देश चाहिएको बजारमा छन् ।’ युके बस्ने माया युट्युवका १६ लाख बढी पटक हेरिएको छ । यो गीत पनि दर्शक, श्रोतोको राजाइमा पर्ने अधिकारीको विश्वास रहेको छ ।