२५ माघ २०८२, आईतवार
Follow Us

तत्कालीन महानिर्देशक डा. मिश्राको भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा प्रमाण बुझ्ने आदेश

नेपालब्रिटेन संवाददाता
२५ माघ २०८२, आईतवार १५:४९

काठमाडौँ । विशेष अदालतले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगिता कौशल मिश्रालगायत प्रतिवादीको भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश भएको छ ।

आइतबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रमाण बुझ्ने आदेश दिएको हो ।

गत कात्तिक २ गते तत्कालीन महानिर्देशक मिश्रासहित स्वास्थ्य सेवाको व्यवस्थापन महाशाखाका निर्देशक डा. श्रवणकुमार थापा, निर्देशक विवेककुमार लाल, वरिष्ठ स्वास्थ्य प्रशासक डा।सुरेन्द्रप्रसाद चौरसिया, प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, म्याक्सिम इनकर्पोरेसन ट्रेडर्स प्रालिका संस्थापक–सञ्चालक सुन्दर भुसालसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको थियो ।

आइतबारको आदेशअनुरूप अब यो मुद्दामा अख्तियारबाट अभियोगपत्र सम्बन्धित प्रमाण प्राप्त भएपछि मात्र सुनुवाइ अघि बढ्नेछ ।

धेरै पढिएको