१ फाल्गुन २०८२, शुक्रबार
Follow Us

५ वर्ष हामीलाई देशको जिम्मा दिनुस्ः रवि लामिछाने

नेपालब्रिटेन संवाददाता
१ फाल्गुन २०८२, शुक्रबार ०५:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ५ वर्ष मुलुक चलाउने जिम्मेवारी आफूहरुलाई दिन मतदातालाई अपिल गरेका छन् ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्धाको तारेख बुझ्न पोखरा पुगेका लामिछाने चुनावी अभियानका क्रममा स्याङ्जा पुगेका छन् । स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रममा उनले आफूहरुलाई ५ वर्ष मुलुक चलाउन दिइए काम गरेर देखाउने दाबी गरे ।

२१ फागुनमा हुने निर्वाचन मुलुकका लागि नयाँ विकल्पको परीक्षा भएको उनको भनाइ थियो । ‘स्याङ्जा मतदानका लागि तयार भयो कि भएन भनेर हेर्न आएको हुँ,’ लामिछानेले भने, ‘यसपटक हामीलाई ५ वर्ष परीक्षण गरेर हेर्नुहोस् ।’ आगामी ५ वर्ष मुलुकको दिशा निर्देश गर्ने समय भएको उनको भनाइ छ ।

धेरै पढिएको