९ फाल्गुन २०८२, शनिबार
Follow Us

चुनाव हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्योः एमाले

नेपालब्रिटेन संवाददाता
९ फाल्गुन २०८२, शनिबार १४:०२

काठमाडौँ । एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचन भाँड्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी लागिरहेको दाबी गरेको छ । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रचार प्रसार विभाग प्रमुख मीनबहादुर शाहीले यस्तो आरोप लगाएका हुन् ।

आफ्नो पक्षमा चुनाव नआउने भएपछि रास्वपाले यस्तो कार्य गरिरहेको एमालेको टिप्पणी छ । ‘चुनावी परिणाम आफ्नो पक्षमा नआउने भएपछि रास्वपा, जसलाई हामी नयाँ भनेर भाष्य स्थापित गर्न खोज्दैछौं,’ एमालेले भनेको छ, ‘विभिन्न खालका मत सर्वेक्षणमार्फत नेकपा एमालेका प्रमुख नेताहरू मैदानमा भएको ठाउँमा गएर विभिन्न सर्वेक्षणप्रति पनि ध्यानाकर्षण भएको छ ।’

देशका विभिन्न जिल्लाहरूमा दलहरू झण्डा, चुनाव चिन्ह जलाउने अभियान, अशान्ति फैलाउने कार्यले रास्वपाले गरिरहेको एमालेले बताएको छ ।

‘चुनाव भाँड्नका देशका विभिन्न जिल्लाहरूमा दलहरू झण्डा, चुनाव चिन्ह जलाउने अभियान, अशान्ति फैलाउने कार्यले रास्वपाले चुनाव भाँड्न खोजेको पुष्टि भएको छ । अहिले पनि रास्वपाका कार्यकर्ताहरू यस्तो गरिरहेका छन् । यसप्रति आपत्ति छ,’ शाहीले भनेका छन् ।

धेरै पढिएको