१० जेष्ठ २०८३, आईतवार
Follow Us

नाम टिपाउन रंगशालामा पुगे नयाँ सुकुमबासी

नेपालब्रिटेन संवाददाता
१३ बैशाख २०८३, आईतवार १२:१६

काठमाडौं । बस्तीमा डोजर चलाइएपछि लाखापाखा लागेका सुकुम्बासीहरू सरकारको सम्पर्कमा आइरहेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विवरण संकलनको काम भइरहेको छ। अहिलेसम्म ४३२ परिवारले विवरण दर्ता गराएका छन्।

शनिबारदेखि दशरथ रंगशालामा सुकुमबासी बस्तीका स्थानीयहरूले नागरिकतासहित नाम टिपाइरहेका छन् । तर यहाँ रोचक तथ्य के खुलेको छ भने सुकुमबासी बस्तीमा डोजर चलाइएको घरबाहेक अन्य सुकुमबासीहरु पनि रंगशालामा नाम टिपाउन सुरु गरेका छन् ।

‘काठमाडौंमा कोठामा बसोबास गरिरहेका तर कतै पनि घरजग्गा नभएको दाबी सहित केहि मान्छेहरू आएको पाइएको छ । हामीले अब तपाई सुकुमबासी होइन भन्ने मिल्ने स्थिति पनि छैन ।

त्यही भएर नाम चाहिँ टिपेका छौँ,’ रंगशालामा रहेका एक कर्मचारीले भने । उनका अनुसार वास्तविक सुकुमबासी पहिचान र परीक्षण हुने भएकोले अहिले नै हो, होइन भन्ने अवस्था नरहेकोले सोचेभन्दा धेरै सुकुमबासीहरु रंगशालामा पुगेका छन् ।

धेरै पढिएको