काठमाडौं । मे ६ तारिकका दिन क्रोसियाको कार्लोभाच्को क्षेत्रमा सडक दुर्घटनामा परी इलाम सदरमुकाम सन्दकपुर गाउँपालिका एक निवासी उमेशकुमार फागो र नुवाकोटका देव गुरुङको निधन भयो।
प्रतिनिधिसभामा नेपाली कांग्रेस इलाम क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने निष्कल राईले संसदमा भने, ‘विडम्बना उक्त घटना भएको महिना दिन बितिसक्दासमेत शब नेपाल ल्याउन सकिएको छैन। कारण चाहिँ हाम्रै कुटनीतिक असफलता देखियो। उक्त विषय अस्ट्रियामा रहेको दूतावासले हेर्दो रहेछ।’
‘पीडामा रहेको परिवारले दिएको जानकारी अनुसार शब नेपाल झिकाउन आवश्यक कागजात र प्रक्रिया सबै पूरा गरिसक्दा पनि दूतावासले आवश्यक सहजीकरण गरिदिएको छैन’ सांसद राईले भने, ‘सरकारले पीडितमाथि थप पीडा थप्नु भन्दा आवश्यक सहजीकरण गरेर शब स्वदेश फर्काउन प्रबन्ध तुरुन्त गर्दियो।’
संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि र राजदूत भरतकुमार रेग्मी छन् । उनले पीडितको संवेदनशीलता बुझ्ने प्रयास गरेका छैनन् । उनकै लार्पवाहीले फागो र गुरुङको शब नेपाल ल्याउन नसकिएको युरोपमा रहेका नेपालीहरु बताउँछन् ।