काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई स्वागत गर्नका लागि कैलालीबाट दुईटा बसमा नेता–कार्यकर्ता काठमाडौं आएका छन् । सु प्र प ०१००१ख ३३५२ र सु प्र प ०१००१ ख३५३४ नम्बरको गाडीमा ७० जना नागढुंगा नाकाबाट काठमाडौं छिरेका हुन् ।
उनीहरु कांग्रेस संस्थापनइतर समूहले आजबाट आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी हुने बताइएको छ । तीन दिनसम्म चल्ने उक्त भेलामा उनीहरुको सहभागिता सुनिश्चित गरिएको छ ।
उपचारका लागि सिंगापुर गएका देउवा पाँच महिनापछि आज एक्लै स्वदेश फर्किएका छन् । उनलाई स्वागत गर्नका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेता–कार्यकर्ताको भीड लागेको थियो ।