काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या सात सय ६८ पुगेको छ ।
नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो २ बजेसम्म रसुवामा १३ जना, धादिङमा ५० जना, गोरखामा ५८ जना, नुवाकोटमा ५२ जना, चितवनमा २६४ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १९४ जना र नवलपरासी पश्चिममा १०० जनाको शव फेला परेको छ ।
घाइते तथा उद्धारको सङ्ख्या दुई हजार ७१५ जना रहेको छ । हालसम्म २५ जना प्रहरी कर्मचारीहरु सम्पर्कविहीन छन् ।
काठमाडौँ उपत्यकाको विभिन्न अस्पतालहरुमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरुको सङ्ख्या १६० रहेको छ ।