१६ भाद्र २०८३, मंगलवार
Follow Us

क्षति र राहतबारे छलफल गर्न रास्वपाले बोलायो सर्वदलीय बैठक

नेपालब्रिटेन संवाददाता
१६ भाद्र २०८३, मंगलवार ०४:२५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्वदलीय बैठक बोलाएको छ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षति, खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल गर्न रास्वपाले सर्वदलीय बैठक बोलाएको हो । रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।

बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन र आगामी पुनर्स्थापनाका लागि साझा रणनीति तय गर्न सबै राजनीतिक दलहरूसँग छलफल गर्न लागिएको प्रवक्ता खरेलले जानकारी दिए।

धेरै पढिएको