काठमाडौँ । थाई एयरवेजको उडान नम्बर टिजी ३१९ बैंकक–काठमाडौं उडानमा बेलायतका इण्डो प्यासिफिक मन्त्री बार्नोस विन्टरटोन दिउँसो सवा १२ बजे काठमाडौं आइपुगेकी थिइन् ।
त्यस्तै, कतार एयरवेजको उडान नम्बर क्युआर ६५० को दोहा–काठमाडौं उडानमा नेपालस्थित बेलायती राजदूतावासका विदेश,कमनवेल्थ र विकास कार्यालयका कूटनीतिज्ञ इमरान होकान दाह्द दिउँसो पौने ३ बजे काठमाडौं आइपुगेका छन् ।
उता बिमान बंगलादेशको उडान नम्बर बिजी ३७३ ढाका–काठमाडौं उडानबाट बंगलादेशस्थित अस्ट्रेलियन हाई कमिसनका प्रथम सचिव तथा कन्सुलर टेरी जो बक्ले साँझ सवा ५ बजे काठमाडौं आइपुगेको बुझिएको छ ।
यसैबीच, अमेरिकी विदेश मन्त्रालयका वित्त तथा यात्रा सञ्चालन म्यानेजर अल्बिना कोलिङहाम कतार एयरवेजको उडान नम्बर क्युआर ६४७ को काठमाडौं–दोहा उडानमा साँझ ७ बजे काठमाडौंबाट प्रस्थान गरेकी छन् ।