२२ आश्विन २०८३, बिहीबार
Follow Us

सर्‍यो काँग्रेस महाधिवेशनमा मतदानको समय, १ बजेदेखि सुरु हुने

नेपालब्रिटेन संवाददाता
२२ आश्विन २०८३, बिहीबार ०४:१५

काठमाडौँ । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदानको समय सारिएको छ । बिहान १० बजेदेखि हुने भनिएको मतदानको समय दिउँसो १ बजे मात्रै सुरु हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

महाधिवेशनमा सहभागी सात हजार २ सय ५५ महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ ।

धेरै पढिएको