२९ आश्विन २०८३, बिहीबार
Follow Us

प्रधानमन्त्री पत्नी काफ्लेको एपेन्डिसाइटिसको सफल शल्यक्रिया

नेपालब्रिटेन संवाददाता
२९ आश्विन २०८३, बिहीबार ०६:४१

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सबिना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। आज बिहान करिब ४ बजे महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको शल्यक्रिया गरिएको हो।

अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। वरिष्ठ सर्जन डा. प्रशान्त वीर सिंह कंसकारको नेतृत्वमा रहेको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको हो।

चिकित्सकहरूका अनुसार शल्यक्रिया सफल भएको छ र उनको हालको स्वास्थ्य अवस्था स्थिर तथा सामान्य छ। शल्यक्रियाका बेला प्रमुख शाह अस्पतालमै उपस्थित हुनुहुन्थ्यो।

धेरै पढिएको