३० बैशाख २०८१, आईतवार
Follow Us

मोडलिङमा भविष्य खोज्दै नवीन

नेपालब्रिटेन डट कम्
२४ श्रावण २०७४, मंगलवार ०६:१४

गीतकार तथा मोडल नवीन न्यौपाने पछिल्लो समयमा क्रमशः मोडलिङले जम्न थालेका छन् । आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेका न्यौपानेले नायिका नम्रता सापकोटा र रञ्जिता गुरुङसँग स्क्रिन सेयर गरिसकेका छन् । मोडलिङ क्षेत्रमा प्रवेश गरेको केही समयमा नै उचाई लिइरहेका नविनले आफनो करिअर यसैमा वनाउने योजनामा छन् ।
प्रमोद खरेल र हिमाल सागरलगायतका गीतमा अभिनय देखाईसकेका नविनले ‘किन किन…’ वोलको गीतमा अभिनय गरेका छन् । उनको सो गीतको म्युजिक भिडियो क्रमशः हिट भइरहेको छ ।
सो अघि पनि न्यौपानेले नेपाली सेनाको जागिरे जीवनको दुःख कष्ट संवन्धी गीत ‘रोयो फौजी मन..’ र ‘पराईको वगैचा…’ लगायत आधा दर्जन गीतमा अभिनय कुशलता देखाई सकेका छन् । ‘किन म’ भन्ने एलवमको समेत तयारीमा समेत जुटेका न्यौपानेले क्रमशः अन्य गित एल्बम निकाल्दै जाने योजना पनि सुनाएका छन् ।

‘अव फरक धारको अभिनय गर्न सोचाईका साथ लागेको छु, केही म्युजिक भिडियोका लागि हस्ताक्षर भइसकेको छ,’ मोडेल न्यौपानेले भने, ‘चाँडै नयाँ धारमा देखिने छु ।’ न्यौपाने ‘किन किन’ नामक एल्वम सार्वजनिक गर्ने तयारीमा छन् ।