३१ श्रावण २०८२, शनिबार
Follow Us

युएईमा भयो सागर आले र सुजता पाण्डेको बबाल प्रस्तुती

nepalbritain news
११ मंसिर २०७४, सोमबार ०२:५४

दुबई। नेपाल मगर संघ युएई शाखाले आफ्नो नवौं महाधिवेशन घोषणा सभा सांगीतिक कार्यक्रम गरी मनाएको छ। कार्यक्रममा नेपालबाट आएका कलाकार नेपाल आइडल टप ५ का सागर आले मगर र नेपाल आइडल टप ६ का सुजता पाण्डेका साथ एक दर्शनभन्दा बढी स्थानीय कलाकारको प्रस्तुति दिएका थिए।

नेपाली राजदूतावास अबुधावीका श्रम कन्सुलर भेषबहादुर कार्की प्रमख अतिथि रहेको कार्यक्रममा कलाकारले आफ्नो प्रस्तुती दिएका थिए।
कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष राजु सिंजाली मगरले गरेका थिए। कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय महासचिव ज्ञानेन्द्र पून मगर, नेपाल आदिवासी जनजाति महासंघ युएईका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङ, मगर अन्तर्राष्ट्रिय मंचका सदस्य गिरमान थापा, एनआरएनएका वरिष्ठ उपाध्यक्ष निर्मल पोखरेल र नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटालगायतको उपस्थिति थियो।

सांगीतिक कार्यक्रमलाई कलाकारको रुपमा सागर आले मगर र सुजता पाण्डेलाई निमन्त्रणा गरिएको थियो। सागर आलेको प्रस्तुतीमा दर्शकहरुका साथ अतिथिहरु समेत नाच्न भ्याए।

-डिसी नेपालबाट

धेरै पढिएको