६ श्रावण २०८१, आईतवार
Follow Us

सुनिल अधिकारीका केही मुक्तकहरु

sarusaru
१८ पुष २०७४, मंगलवार ०३:२७

१.
आँसु छ आँखाभरि सपना बनेर नबिझाऊ अब
एकादेशको हाम्रो कहानी कसैलाई नसुनाऊ अब
सम्हालेर राख्नु बरु आफ्नो कदम भुइँमा तिमी
जलेर खाक भएको छ मन खरानी नउडाऊ अब ।

२. ईर्ष्या गरेर जल्छ जो जलेर आफैं कालो भयो
अरुको डाह गर्ने ुशेरु पनि सुकेर ुबिरालोु भयो
हुरी(बतास सहेर पनि डग्मगाउँदैन जो कहिल्यै
सदभाव लिएर जल्ने बरु दियो उज्यालो भयो ।

३. सौन्दर्य अभिशाप बनेछ जब सीतालाई हरेको थाहा भो
कामदेवको बसमा परि रावणले अपहरण गरेको थाहा भो
मर्यादा पुरुषोत्तम राम कि रावण रु जोरदार बहस चल्यो,
अशोक(वाटिकामा जब, सीता पवित्र फेला परेको थाहा भो ।

४. एउटा मारे हजार जन्मिने रक्तबीज जस्तो रहरको के कुरा गर्नु
रुपैंयाको खर्च थेग्ने आठ आना आम्दानीको भरको के कुरा गर्नु
अब त रहर, बैंकको ऋण र सुरसाको मुख, उस्तै लाग्न थाल्यो
अन्तिम किस्ता नभरेसम्मन् आफ्नो नहुने घरको के कुरा गर्नु ।

५. दिल र दिमाग बीच कुनै तारतम्य थिएन, केहि दूरी थियो
धोका खायो दिलले, तर दिमाग होशमा आउन जरूरी थियो
आक्रोशमा आएर दिमाग सोच्छ, बैगुनी थिई धोका दिएर गई
चोट सुम्सुम्याउँदै दिल भन्छ, शायद उनको पनि मजबूरी थियो ।

सुनिल अधिकारी मुक्तक विधाका बलिया हस्ती भएपनि साहित्यका सबैजसो विधामा उहाँको कलमको निभ बलियो देखिन्छ ।