३१ श्रावण २०८२, शनिबार
Follow Us

भोली प्रदेश प्रमुख तोक्ने सरकारको तयारी

नेपालब्रिटेन डट कम्
२३ पुष २०७४, आईतवार ०४:०५

काठमाडौं । सरकारले भोली सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट प्रदेश प्रमुख चयन गर्नेछ । त्यसपछि प्रदेशसभामा सपथ ग्रहण र पहिलो बैठक राजधानी मै बस्नेछन् । प्रदेशसभाको अस्थायी मुकाममा सहमति जुटाउन बोलाइएको सर्वदलीय बैठकमा एमाले, माओवादी र राजपाले साथ नदिने बताएपछि सरकारले प्रदेशसभालाई नै मुकाम तोक्न जिम्मा दिन लागेको छ । प्रदेश अस्थायी मुकाम तोक्दा आन्दोलन झन चर्किने र सरकारको नेतृत्वमा आउन चाहेको दलले आफूहरुलाई अप्ठेरोमा पार्न खोजेका कारण निर्णयबाट सरकार पछाडि हटेको छ ।

सातै प्रदेशसभाको पहिलो बैठक राजधानी मै बस्ने भएको छ । सरकारले दलीय सहमतिका आधारमा अस्थायी मुकाम तोक्ने कसरत गरे पनि दलहरुको साथ नपाउँदा पहिलो बैठक राजधानीमै बस्ने भएको छ । तर, आफनो जिम्मेवारीबाट भाग्न खोजेको भन्दै कि त राजिनामा दिन कि त अस्थायी मुकाम तोक्न सरकारलाई दलहरुले चेतावनी दिएका छन् । प्रदेश मुकाम आफनै स्थानमा हुनुपर्ने माग गर्दे बिभिन्न जिल्लामा आन्दोलन चर्किएपछि अन्तत् सातै प्रदेशको पहिलो बैठक राजधानीमै बस्ने भएको छ ।

तर, एमाले कि त तत्काल सरकार छोड्नुपर्ने हैन भने अस्थायी मुकाम सरकारले तोक्नै पर्ने अडानमा छ । एमाले जस्तै राजपा पनि सरकारले अन्य बिषयमा सहमति नखोज्ने तर, अस्थायी मुकाममा सहमति खोजेर अपजश बाड्न खोजेको बताउछ । सरकारको दायित्व भएकोले तत्काल मुकाम तोक्नुपर्ने राजपाको भनाई छ । प्रदेशसभा अस्थायी मुकाम तोक्दा आन्दोलन थप चर्किने त्रास सबै दलमा छ । यसले पनि आफ्नो दलले मुकाम घोषणाको जिम्मा नलिने भन्दै निर्णयबाट पन्छिन खोजिरहेका छन् । दलहरुको यो जुहारीले अव मुकामको टुङगो लगाउने अन्तिम जिम्मा प्रदेशसभाले नै पाउने निश्चित भएको छ ।

धेरै पढिएको