२८ बैशाख २०८१, शुक्रबार
Follow Us

लखनउमा यूपीका मुख्यमन्त्रीसँग पूर्वराजाको भेट

नेपालब्रिटेन डट कम्
२४ पुष २०७४, सोमबार ०९:१९

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बीच आज भेटवार्ता भएको छ । लखनउस्थित मुख्यमन्त्रीको निवासमा आज विहान शाहले योगी आदित्यनाथसँग भेटवार्ता गरेका हुन । शाह चार दिने बाँकेको जमुनाह नाका हुँदै हिजो लखनउ प्रस्थान गरेका थिए । भेटवार्ताका क्रममा मुख्यमन्त्री आदित्यनाथले पूर्व राजा शाहलाई दोसल्ला ओढाएर सम्मान प्रकट गरेका छन ।

उनले उत्तर प्रदेश सरकारको तर्फवाट मायाको चिसो समेत प्रदान गरेका छन् । मुख्यमन्त्री योगी आदित्यनाथले विगतमा नेपालमा राजा सहितको हिन्दु राज्य हुनुपर्ने धारणा राख्दै आएकाले शाहसँगको भेटलाई महत्वपुर्ण रुपमा हेरिएको छ । लखनउ भ्रमणमा पूर्व राजाका साथमा पत्नी कोमल, छोरी प्रेरणा, बहिनी शोभा शाही र उनका पति मोहन शाही पनि सहभागी छन् ।

घुमफिरका लागि पूर्वराजाको परिवार लखनउमा उनको नीजि सचिवालयले जनाएको छ । निजी भ्रमण भनिए पनि पूर्व राजाको भ्रमणका क्रममा राजनीतिक भेटघाट हुन सक्ने अनुमान गरिएको थियो । पूर्वराजा २७ गते मात्रै नेपालगञ्ज फर्किने कार्यक्रम रहेको छ ।