३१ बैशाख २०८१, सोमबार
Follow Us

बेलायतको प्रधानमन्त्री चीनको भ्रमणमा

नेपालब्रिटेन डट कम्
१२ माघ २०७४, शुक्रबार ०७:३३

बेइजिङ । बेलयातका प्रधानन्त्री थेरेसा मेले चीनको भ्रमण गर्ने हुनु भएको छ । उहाँले आगामी जनवरी ३१ बाट फेब्रुअरी २ सम्म चीनको भ्रमण गर्ने तयारी भएको चिनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुङयीङले बिहीबार जानकारी दिनुभएको छ । यस भ्रमणको क्रममा द्विपक्षीय हितलगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाका विषयमा छलफल हुने अनुमान गरिएको छ ।
उहाँले आफ्ना चिनियाँ समकक्षीलाई भेट्नुका साथै अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गर्नुहुने भएको छ । नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हुआले उच्चस्तरको भ्रमणले दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । बेलायती प्रधानमन्त्री थेरेसाले चीनको सांघाइ र वुहानको पनि भ्रमण गर्ने तालिका रहेको अधिकारीहरूले बताएका छन् । प्रधानमन्त्री भएपछि थेरेसाले अहिले पहिलो पटक चीनको भ्रमण गर्न लाग्नु भएकाले भ्रमणलाई उच्च महत्व र अर्थपूर्ण रूपमा हेरिएको छ ।