२४ श्रावण २०८२, शनिबार
Follow Us

नवीन प्यासी शाब्दिक समारम्भमा

nepalbritain news
१८ चैत्र २०७४, आईतवार ०५:५७

सरु पौडेल,काठमाण्डौ–हातेमालो साहित्य संगम केन्द्रीय कार्यालय, काठमाडौँको आयोजनामा भएको शाब्दिक समारम्भमा युवा कवि नवीन प्यासीले विशेष प्रस्तुती दिएका थिए ।चर्चित युवा कवि नविन प्यासीको विभिन्न भाव समेटिएको विभिन्न कविताहरुले राजधानीमा पृथक साहित्यिक माहौल सिर्जना गर्यो । उक्त कार्यक्रममा उपस्थित सर्जकहरुले पनि आ–आफ्ना उत्कृष्ट रचनाहरु वाचन गरेका थिए ।

भोगाइका अनुभूतिहरुले सिर्जनालाई गहनता दिने कुरा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले बताए । डा. घिमिरेले पढेका कुराहरुले भन्दा परेका कुराहरुले साहित्यलाई निकै वजनदार गराउने कुरा बताए । निरन्तरको साधनाले नै साहित्यकारहरुलाई परिस्कृत गराउने कुरा कार्यक्रमका विशेष अतिथि सुधीर ख्वबिले अभिव्यक्त गरे ।
उक्त कार्यक्रम मेडिया इन्टरनेशनलको हल, सिंहदरबारको पूर्वी गेट अगाडि अनामनगरमा सम्पन्न भयो । संस्थाका कोषाध्यक्ष बिमला दाहालले संचालन गरेको उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सुनिल अधिकारीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सचिव मालिका केशरीले गरेका थिए ।

धेरै पढिएको