काठमाण्डौ- नेकपा एमालेमा आन्तरिक लोकतन्त्र कमजोर बनेको छ ।
‘देशकै दुई ठूला कम्युनिस्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण प्रक्रिया चलिरहँदा पार्टीभित्र संस्थागत छलफल एवं निर्णय हुन छाडेको छ । एमाले पार्टी विधानअनुसार सन्चालन नहुँदा आन्तरिक लोकतन्त्र कमजोर बनेको नेताहरुले नै बताउन थालेका छन् ।’
राजधानीसँग स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले भनेकी छन्, ‘बैठकमा छलफल नगर्ने कारणले आफै अन्योलमा छु, एकता विषयमा बोल्न मलाई अप्ठ्यारो परेको छ । स्थायी कमिटी सदस्य छु तर धेरै कुरा थाहा हुँदैन ।’
एमाले पार्टी विधानको धारा ४१ मा स्थायी कमिटी र केन्द्रीय सचिवालयको बैठक १५ दिनमा, पोलिटव्यूरो तीन महिनामा र केन्द्रीय कमिटी बैठक ६ महिनामा बस्नुपर्ने उल्लेख छ । तर, पार्टीको बैठक विधानअनुसार बस्न नसकिरहेको उल्लेख छ