२७ बैशाख २०८१, बिहीबार
Follow Us

को–कुन एसएसपी डिआईजीमा बढुवा भए ?

नेपालब्रिटेन संवाददाता
२५ बैशाख २०७५, मंगलवार ०४:५१

काठमाडौं । गृहमन्त्रालयले १६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको सोमबारको बैठकले जनपद प्रहरीतर्फका १६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवाको सिफारिस सूचीमा केदार रिजाल पहिलो नम्बरमा छन् । शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, रविन्द्रप्रसाद शर्मा, कमलबहादुर जिटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, पे्रम चन्द, श्याम खड्का, दानसिंह बोहरा, सुशीलकुमार भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी छन् ।

संशोधित प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको गृह मन्त्रालयले जनाएको छ ।