१९ बैशाख २०८१, बुधबार
Follow Us

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

नेपालब्रिटेन संवाददाता
११ जेष्ठ २०७५, शुक्रबार १५:४१

इलाम । आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी खोरमा परेका छन् । गएराति श्रीमतीको हत्या गरेर फरार अभियुक्त माईजोगमाई गाउँपालिका–५ सोयाङका मदन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

माईजोगमाई गाउँपालिका घर भई हाल इलाम नगरपालिका–९ गोलाखर्कमा डेरा गरी बस्दै आएका अन्दाजी ३८ वर्षीय लिम्बूले घरायसी वादविवाद हुँदा आफ्नै श्रीमती बिमला लिम्बूको हत्या गरेको बताइएको छ ।

गएराति खुकुरी प्रहार गरी घाइते बनाइएकी लिम्बूको इलाम अस्पतालमा मृत्यु भएको थियो । श्रीमतीको हत्या गरी फरार भएका अभियुक्त मदन लिम्बूलाई जिल्ला प्रहरी कार्यालय इलामले आज पक्राउ गरेको हो । घटना भएको स्थान नजिकै लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको बताइएको छ ।