२७ बैशाख २०८१, बिहीबार
Follow Us

संसदमा आजबाट बजेटमाथि छलफल सुरु

नेपालब्रिटेन संवाददाता
१७ जेष्ठ २०७५, बिहीबार ०५:००

काठमाडौं । संघीय संसदको बैठकमा आजबाट सरकारले ल्याएको बजेटमाथि छलफल सुरु हुने भएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष ०७५–७६ को बजेटबारे छलफल गर्न विहान ११ बजे बैठक डाकिएको छ ।

सरकारले ल्याएको बजेटबारे संसदमा छलफल गरेर पारित गर्ने संवैधानिक प्रचलन छ । यही परम्परा अनुसार आजबाट संसद बैठक शुरु हुने र यो क्रम केही दिन चल्ने संसद् सचिवालयले जनाएको छ ।

सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार सवा १३ खरबको बजेट संसदमा प्रस्तुत गर्नु भएको थियो । बजेटमाथिको छलफलका लागि प्रतिनिधिसभामा तीन दिनको समय तोकिएको छ ।