१ जेष्ठ २०८१, मंगलवार
Follow Us

पूर्वयुवराज पारस शाह पशुपति मृगस्थलीमा, विषेश कक्षा लिदै

नेपालब्रिटेन संवाददाता
२५ जेष्ठ २०७५, शुक्रबार १६:०८

काठमाडौं । बिहीबार अकस्मात पूर्व युवराज पारश शाह छोरा हृदयेन्द्र शाह, छोरी र धिरेन्द्र शाहका छोरीहरुसहित मृगस्थलीमा देखापरे । कहिले सूनकोठी त कहिले निर्मल निवास बस्दै आएका पूर्व युवराज पारश शाह केही दिनयता दैनिक पशुपति क्षेत्रमा रहेको मृगस्थलीमा जाने गरेका रहेछन् ।

लामो समयदेखि सार्वजनिक स्थानहरूमा नदेखिएका पारश शाह मृगस्थलीमा जादै गरेको भेटेपछि सञ्चारकर्मीले उनलाई पछ्याएयौं । आफ्ना शुभेच्छुकहरूसहित पारस मृगस्थलीमा पुगेपछि उनि र उनका छोरा हृदयेन्द्र र छोरी कृतिका समेतले मृगस्थलीमा रहेको मन्दिरमा दर्शन गरे । बुझदै जाँदा थाहा लाग्यो कि पारश शाहले एक हप्ताको लागि भन्दै बिशेष कोर्ष नै गर्न थालेका रहेछन र त्यहीकोर्षमा आफना छोरा छोरी र परिवारका अन्य सदस्यलाई समेत सहभागी गराउन मृगस्थली पुगेका रहेछन् ।

उनी योगी नरहरिनाथ स्मृती पुस्तकालय तथा संग्राहालयमा आयोजित बिशेष कथा श्रवण कार्यक्रममा सरिक भए । उनलाई पृथ्वीनारायण शाहको राज्य सञ्चालन नीति, दिव्य उपदेश, महेन्द्र नीति, योगी नरहरिनाथ र मौलिक शिक्षा नीति लगायतका महत्वपूर्ण तथ्यका बारेमा जानकारी दिइएका र चासोका साथ कथा श्रवण गर्ने गरेको परिषदका महासचिव विश्व पोखरेलले जानकारी दिए ।

त्यसोत कहिलेकाही नेपालको इतिहाससँग जोडिएका कथा श्रवणका लागि भन्दै पूर्व यूवराज पारस शाह पनि श्लेषत्मक वनमा रहेको योगी नरहरीनाथको कुटीमा पहिले पनि पुग्ने गर्दथे । कोर्षमा सरिक हुन पुगेका पारश शाहले यसपटक मृगस्थलीमा रहेको गौशालाको अवस्था र पुर्ननिर्माणमा समेत चासो राख्दै अवलोकन गरेका छन ।

पारशसहित पूर्व राजपरिवारका सदस्यहरुको सहभागिता रहेको प्रवचन कार्यक्रम नितान्त व्यक्तिगत रहेको र यसमा कुनै पनि अन्य उद्येश्य नरहेको जानकारी गराएको छ ।