१८ बैशाख २०८१, मंगलवार
Follow Us

कम्युनिस्टहरु लम्पसारवादी हुन् : सभापति देउवा

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०७५, मंगलवार १५:५६

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरु राष्ट्रवादी हुन नसक्ने र उनीहरुले समृद्धि ल्याउन पनि नसक्ने दाबी गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले ‘कम्युनिस्टहरु लम्पसारवादी हुन्’–भने ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांगे्रसले दायाँबायाँ कुरा नगरेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा बोल्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ट्रेड युनियन कांग्रेसले जनस्तरमा पुगेर ओझेलमा परेका श्रमिकको उत्थानका लागि पहल गर्न जरुरी रहेको बताए ।

अर्को नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको चस्माले बालकृष्ण ढुंगेलहरुलाई क्रान्तिकारी देख्न थालेको आरोप लगाए । तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।